काठमाडौं । हालै सरकारले पृथ्वीजयन्तीमा विदा नदिएको भन्दै सरकारको आलोचना भयो । यो बीचमा केही स्थानीय तहहरुले विदा दिएका थिए । अहिले संघीय संरचनामा केन्द्रले दिएको विदाबाहेक पनि स्थानीय सरकारले आवश्यक्ता अनुसार विदा दिने गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजाजिक बिदा दिने भएको छ ।

आगामी माघ १० गते पर्ने तामाङ समुदायको चाड ल्होसार पर्वका दिन बिदा दिने निर्णय गरेको जानकारी दिइएको छ । प्रदेशको नाम बागमति राखेपछि पहिलोपटक बसेको बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्नेसहितका निर्णय गरेको छ ।

माघ १० गते सार्वजनिक विदाको घोषणा

बागमती प्रदेश सरकारको निर्णय सँगै विभिन्न १३ जिल्लामा उक्त दिन सार्वजनिक विदा हुने भएको छ । बागमती प्रदेशमा पर्ने दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर गरी १३ जिल्लामा सार्वजनिक विदा हुने भएको हो । अन्य प्रदेशहरुका बारेमा अहिले कुनै जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0