काठमाडौं, १५ असार । लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् । 

भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

 

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१-००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३-०१-०२३ च १४ १२ नम्बरको पिकअप चालक काठमाडौं महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् ।  

 

नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0