काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ ।महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो । 

यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा महानगर र प्राधिकरणबीच सम्झौता भएको हो । 

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको हो । 

सम्झौतापत्रमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0