
काठमाडौं । गैर आवासीय नेपाली संघले मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस दिने भएको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस दिन लागिएको हो ।
रक्तदानको अभियानलाई अझ सहज बनाउने उदेश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि यो बस प्रदान गरिने एनआरएनका कोषाध्यक्ष सुनिल साहले बताउनु भयो ।
सबै कानुनी र खरिद प्रकिया सुरु भएर छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उहाँले बतानु भयो । ब्लड बैंक बसको करिब ६० लाख भन्दा बढी मुल्य पर्ने जनाइएको छ ।
यस अघि पनि गैर आवासीय नेपाली संघले देश अन्य प्रदेशमा पनि ब्लड बैंक बस प्रदान गरी सकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
