अमेरिकाः अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (मा) डिएफडब्लु च्याप्टरले शुभकामना आदान प्रदान कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरेको छ । नेपाली समुदायले विश्वभरी मनाउँदै आएको बडादशैं, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान सँग सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको अवसरमा नव नियुक्त मा डिएफडब्लु च्याप्टरका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने सांस्कृतिक कार्यक्रममा सहभागि भएकाहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएन अमेरिका निवर्तमान अध्यक्ष सुनिल साहको विशेष उपस्थिती रहको थियो । कार्यक्रममा अमेरिकामा रहेका मधेशी समुदायबीच आपसी भाइचारा र भातृत्व बृद्धिमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0