काठमाडौं, २५ भदौ :  चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन्।

सो अवसरमा, सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् । एमसीसी उपाध्यक्ष फतेमा सुमारसँगको भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन् । सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन् ।

सुमारसँग प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए।

फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0