काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवालाई पार्टीको नेतृत्व गर्न असफल भएको आरोप लगाउनु भएको छ । आज समाजिक सन्जालमा एक पोष्ट लेख्नै नेता पौडेलले वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाहीले पार्टीको भविष्य गम्भीर अवस्थामा पुगेको आरोप लगाउनु भएको हो ।

उनले लेखेका छ, पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?
यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0