बाँके, ५ असार । बाँकेमा शुक्रवार थप एउटै वडाका ४१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किदैछन् । उनिहरु सबै जानकी गाउँपालिकाको वडा नम्बर १ का वासिन्दा हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ मावि आइसोलेसनका रहेका जानकी १ का ४१ जना संक्रमितहरु सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।
संक्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरुलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म जिल्लामा संक्रमण पुष्टि भएका ३२७ मध्ये २ जनाको मृत्यु भैसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।

अब मात्र ७५ जना बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरुका रहेको पनि श्रेष्ठले बताउनु भयो । बाँकेका संक्रमितहरु निको भएर फर्किने क्रम बढ्दै गएकोले जिल्लाका आइसोलेसन सेन्टरहरु पनि रित्तीन थालेका छन् । क्वारेन्टाइनहरुमा पनि अब २ हजार जना मात्र रहेका छन् ।

यसैविच भारतबाट आउनेहरुको संख्या पनि निकै घटेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वा।गले बताउनुभयो । उहाँले विहीबार ३९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको बताउनुभयो । उहाँका अनुसार एक साता अघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरुको संख्या १५ सय देखि दुई हजार सम्म रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0