काठमाडौ, २० चैत । नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारीदिनुभयो । उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन्।

संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उहाले बताउनुभयो । उहाका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ। कन्ट्याक्ट ट्रेसिङमा चारजनाको सबैको लभगभ सकिएको छ। तर केहीको भने बाँकी रहेको छ। बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गिरएको थियो। सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

दोस्रो संक्रमित भने चैत ४ गते फ्रान्स कतारको दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा देखिएको थियो। युएईबाट चैत ६ गते काठमाडौं आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना संक्रमण देखिएका तेस्रा व्यक्ति हुन्।

उनीहरु दुबैमा कोरोना पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना भई उपचार भइरहेको छ। यसका साथै उपत्यका बाहिर धनगढीमा र बागलुङमा देखिएका बिरामीको धौलािगरी अस्पतालमा उपचाररत छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0