नेपालगंज- भारतमा कोरोना संक्रमण फैलिएपछि बाँच्नका लागि नेपाल आएका एकसय ७१ नेपाली पाँच दिन देखि नेपालगंजस्थित रुपैडिया नाकामा अलपत्र छन्।

कोरोनाबाट जोगिन घर फर्कदा घाम र भोकले मर्ने अवस्था आएको भन्दै उनीहरु पाँचदिन देखि नेपाल सरकार र मातहतका निकायसँग हारगुहार गरिरहेका छन्। तर, नेपाल सरकारले प्रवेशमा रोक लागएपछि उनीहरुका लागि रुपैडियास्थित सुख्खा बन्दरगाह नजिकको आँपको रुख नै आश्रय बनिरहेको छ ।

कोरोना भाईरसको संक्रमण भारतमा फैलिएपछि भारतमा काम गरीरहेका हजारौं नेपाली ज्यान जोगाउन नेपाल फर्कने क्रम बढेको हो। पटक–पटक गरी लाखौ नेपाली नेपाल भित्रिसकेका छन् भने पछिल्ला पाँच दिन देखि सयौं नेपाली सिमानाकामा अलपत्र छन्।

लकडाउनमा नेपालीलाई पनि भित्रन नदिनु भन्ने नेपाल सरकारको आदेशका कारण स्थानीय प्रशासनले उनीहरुलाई सिमाभित्रन दिएको छैन। त्यसैले पाँच दिन देखि नेपालगंजसँगै जोडिएको जमुनाहा रुपैडिया नाकामा १७० नेपाली अलपत्र छन्।

सुरुमा नेपालगंज भन्सार नजिककको रुखको छहारीमा बसेका उनीहरु लखेटिएपछि अहिले भारत र नेपाल सिमाबीचको सुख्खा बन्दरगाह जमुनाहामा आएर आपको रुख मुनी दिन विताइरहेका छन्। आफको रुखमुनी दिनरात विताइरहेकारोल्पाका जककबहादुर बुढाथोकीलाई अहिले कोरोना भन्दा अन्य रोग लागेर ज्यान जाने त हैन भन्ने चिन्ताले सताएको छ।

कोरोना भाइरसको संत्रास भारतमा बढ्दै गर्दा थुप्रै नेपाली भित्रिइसकेका छन्। नेपाल आइसकेपछि उनीहरुको स्वास्थ्य परिक्षण गरी क्वारेन्टाइनमा राख्ने वा काउन्सिलिङ गरी सुरक्षीत गन्तव्यमा पुर्‍याउने जिम्मेवारीे नेपाल सरकारको हो। तर, यस्तो दायित्व सरकाले पूरा गर्ला भन्ने बसेेका बर्दियाको ठाकुरबाबाका अलपत्र यात्रु झलक थापा स्थानीय प्रशासनले संघीय सरकारको अर्को आदेश कुर्दाकुदै आफूहरुको विजोग भइसकेको बताउँछन् ।

नेपाल भारत सिमानाका बन्द भएको बुधबार नौंदिन पुरा भएको छ। यसअघि सिमामा आएका नेपालीलाई भित्रन दिइएपनि वितेका पाँचदिन भारतबाट फर्कने नेपालीहरुलाई प्रवेश निषेध गरिएको छ।

भारतीय सुरक्षाकर्मीको समेत सहयोग लिदै सिमासम्म आएपुगेर सिमामा अलपत्र परेका पश्चिम नवलपरासीका चन्द्रबहादुर चौधरी थारु आफ्नै देशमा आउन रोक लगाएपछि विक्षिप्त बनेका छन्।

त्यसरी अलपत्र पर्ने नेपालीहरुमा बालक, बृद्ध देखि दृष्टिविहिनसम्म छन्। उनीहरुमध्येका दृष्टिविहन गणेशबहादुर गन्दर्भ अहिले नेपाल सरकार र राजनीतिक दलले नागरिकलाई भोटबैकको रुपमा मात्र हेरेको भन्दै आक्रोस पोखिरहेका छन्। नागरिक परति राजनीतिक दल र सरकारले दायित्वबोध समेत नगरेको उनको गुनासो छ।

बाँकेको जमुनाहा रुपेडिया नाकामा जस्तै भारतसँगका अन्य सिमानाकामा पिन यसरी नै नेपाली नागरिक अलपत्र परेका छन् ।

दार्चुला र भारतको धार्चुला सिमानामा ९ सय ७७ नेपाली अलपत्र छन्। प्रहरीले भित्रिन नदिएपछि महाकालीमा हाम फालेर पौडदै नेपाल भित्रिकएकालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकीलाई नेपाल भित्रन दिएको छैन। त्यसैले उनीहरु भारतीयको क्वारेन्टाइनमा बस्न बाध्य छन्।

यता भैरहवाको सुनौली नाकामा ३७० जना नेपाली तीन दिन देखि अलपत्र छन्। अनेक विन्ति गर्दासमेत नेपाली सुरक्षाकर्मीले प्रवेश नदिएपछि उनीहरु खाने बस्ने समस्यामा फसेका थिए।

भारतको उत्तर प्रदेश सरकारले भारतका विभिन्न ठाउामा रहेका आफ्नो प्रदेशका नागरिकलाई ल्याउन एक हजार बस परिचालन गरेपछि तिनै बसमा नेपालीहरु सिमानाकासम्म आइपुगेका थिए। तर, सिमामा आएपछि नेपाल प्रवेश गर्न नपाएका उनीहरु भारतमा पनि लकडाउनका कारण होटल पसल बन्द भएपछि बास र गाउँ दुबैको स‌कटमा फसेका थिए।

अहिले उनीहरुलाई सिमावर्ती भारतका स्थानीयले खाना खुवाईरहेका छन्। भारतीयको दयाँकतिसमय चल्ने र आफूहरु बाच्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ।

यी तीन नाका जस्तै भारतसँगका अन्य सिमानाकामासमेत अलपत्र परेका कतिपय नेपालीको तथ्यांकसमेत आउन सकेको छैन।

कोरोनाबाट नागरिकलाई सुरक्षित राख्ने सरकारले गरेको लकडाउन सकारात्मक छ । तर, डाउन गर्दैमा सरकारको नागरिकप्रतिको दायित्व भने समाप्त हुँदैन ।

सिमामा आइसकेका नेपालीलाई भित्र्याएर क्वारेन्टाइनमा राख्ने वा उनीहरुलाई सुरक्षित गन्तव्यमा पुर्‍याएर होम क्वारेन्टाइन गरे सरकारको दायित्व पुरा हुन्थ्यो।

तर, सिमामा आएका नागरिकलाई सत्रु देशका नागरिक जस्तै नाका बन्द गरेर प्रवेशनिषेध गर्नुले सरकारी गैरजिम्मेवारीको कठोर नमुना प्रस्तुत गरेको छ। नागरिकको सुरक्षा सरकारको कर्तव्य हो। ती नागरिक देशभित्र भएका हुन् वा देश बाहिर सबै नागरिकका अधिकार छन् र उनीहरुमाथी राज्यको दायित्वपनि छ भन्ने कु्रा सरकार चलाउनेले हेक्का राख्न आवश्यक छ। – सगरमाथा टिभीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0