काठमाडौं, माघ ६ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुभएको छ । पञ्तिनिधिसभाको आजको बैठकमा सभामुखकै चेयरमार्फत संसदलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाले बैठकको प्रारम्भमै राजीनामा पत्र पढेर सुनाउनु भएको थियो ।

आजको बैठकमा सम्बोधन गर्दै उहाँले बहुमत प्राप्त दलले सभामुख दावा गरेको अवस्थामा आफ्नो धरातल बिर्सन हुन्न भन्ने मान्यताका साथ मार्गप्रशस्त गर्ने निर्णय लिएको जानकारी गराउनु भएको हो ।

‘दलको निर्देशनमा होइन, संबिधानअनुसार निर्देशित हुन्छ, तर आफ्ना जराहरु बिर्सनु हुन्न, धरातल बिर्सनु हुन्न भन्नेमा पनि म सचेत छु । बहुमत पाप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्थामा संबिधानले एउटै दलले दुवै पद लिन नमिल्ने संबैधानिक ब्यवस्थाअनुसार मैले सहजीकरण गर्नु आवश्यक भएको छ । यसै अनुसार मैले मार्ग प्रश्स्त गर्ने निश्कर्षमा पुगेको जानकारी गराउन चाहन्छु,’ उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो । राजीनामाको घोषणासँगै आज ४ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । अव उहाँले लिखित राजीनामा संसद सचिवालयमा बुझाउनु भएको छ ।

उहाँले आफूले राजीनामा दिएपनि पुरानो अडानमा र मान्यतामा दृढ रहेर अघि बढने घोषणा पनि गर्नुभयो । ‘मेरो धारणा महत्वकांक्षा र अनुचित थिएनन भन्नेमा म दृढ छु । निर्णय र सार्वजनिक जवाफदेहीताको बिषयमा सवै सचेत हुनुपर्छ भन्नेमा म दृढ छु,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0