काठमाडौँ । सुरक्षित यौन सम्पर्क गर्नु स्वास्थ्यका लागी लाभदायक मानिन्छ । हामीले यौन सम्पर्क गर्नुको मुख्य दुई कारण छन् । प्रजनन मार्फत मानव सभ्यतालाई निरन्तरता दिनुका साथ साथै आनन्द प्राप्तिका लागि यौन सम्पर्क गरिन्छ ।

यौन सम्पर्क गर्दा शरीरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि, रक्तचाप नियन्त्रण र तनाव कम हुने जस्ता थुप्रै फाइदाहरू छन् । नियमित यौन सम्पर्क गर्दा महिलाहरूमा पाठेघर र पुरुषहरूमा प्रोटेष्ट क्यान्सरको सम्भावना कम हुन्छ । हामीले यौन सम्पर्कलाई आनन्दित र स्वस्थ बनाउन सावधानी अपनाउनु भने जरुरी छ ।

यौन सम्पर्क गर्दा गर्न नहुने के त ?

चुम्बन नगर्नुहोस्

विश्वास गर्नुहोस् वा नगर्नुहोस् महिलाहरूले यौन सम्पर्क गरिरहेको बेला चुम्बन गर्न रुचाउँदैनन् । चुम्बन गर्दा शारीरिक स्थितिलाई परिवर्तन गर्नुपर्ने भएकाले निरन्तर उत्कर्षमा पुग्दै गएको यौन आनन्द बिग्रन सक्छ । चुम्बन गर्दा यौन सम्पर्कको ताल तोडिन सक्छ ।

पार्टनर तयार हुनुभन्दा पहिले टोक्ने नगर्नुहोस्

धेरै मानिसहरू उत्तेजित भएर यौन सम्पर्क गर्न मन पराउँछन् । पिट्ने, टोक्ने र विभिन्न प्रकारका शारीरिक पिडा दिएर यौन आनन्द लिन मनपराउनेहरु सजग हुनुपर्छ । चरम उत्कर्षका बेला मानिसहरूले शारीरिक पिडा सहन सक्ने भए पनि यौन सम्पर्कका लागी तयार नहुँदै त्यसो गर्दा असहज वातावरण निर्माण हुन सक्छ । कतिपय अवस्थामा यौन प्रति नै अरुचि हुन सक्ने खतरा हुन्छ ।

यौन अङ्गमा मात्र ध्यान

यौन सम्पर्कका बेला यौन अङ्गहरूमा ध्यान नजाने कुरै भएन तर यसले गर्दा पार्टनरमा नकारात्मक सोच पैदा हुन सक्छ । सकभर शरीरका सबै अङ्गलाई उत्तिकै महत्त्व दिनुपर्छ । विशेष गरेर महिलाहरूले आफ्नो शारीरिक सौन्दर्याताको बखान गरिदिउन् भन्ने चाहन्छन् । जोर्नी, ढाड, घाँटी, तिघ्रा र पेट जस्ता संवेदनशील अङ्गहरूमा स्पर्श गर्दा यौन प्रति तीव्र इच्छा जगाउन सकिन्छ ।

पार्टनरमाथि भार नपारौँ

प्रायजसो यौन सम्पर्कका बेला पुरुषहरू महिला माथि भार पार्ने गर्छन् । त्यसो गर्दा महिलाहरूको स्वासप्रस्वासमा समस्या उत्पन्न हुन सक्छ । साफ फेर्न असहज हुँदा यौन सम्पर्कको लय बिग्रन सक्छ , आसनमा उचित ध्यान पुर्‍याउन आवश्यक छ ।

उत्कर्षको समय ख्याल गरौँ

यौन सम्पर्क गर्दा प्राय पुरुषहरू छिटो उत्कर्षमा पुग्छन् । जसले गर्दा महिलाहरू उत्कर्षमा नपुग्दै जोस हराउने खतरा हुन्छ । यौन सम्पर्क भन्दा पहिला अन्य रोमाल्टिक क्रियाकलापहरू गर्दा एउटै समयमा दुबै जना उत्कर्षमा पुग्न सकिन्छ । आफ्नो आनन्दलाई मात्र नभएर पार्टनरको सन्तुष्टिलाई विशेष ख्याल गरौँ ।

शान्त नबसौं

प्रायजसो मानिसहरू यौन उत्कर्षमा पुगेपछि मज्जाले सुत्ने गर्ने गर्छन् । तर यौन सम्पर्क गरेपछि महिलाहरू कुरा गर्न रुचाउँछन् । उनीहरू यौन सम्पर्कमा भएका घटनाहरूको बारेमा खुलेर कुरा गर्न चाहन्छन् । चटक्क छाडेर जानु वा चुप लागेर बस्नु राम्रो हुँदैन ।

फोटो/भिडियो नखिचौँ

यौन सम्पर्कका बेला फोटा खिच्ने तथा भिडियो रेकर्ड गर्ने काम गर्दा नराम्रो असर पर्न सक्छ । महिलाहरू प्रेमीसँग मात्र खुलेर क्रियाकलाप गर्न रुचाउने भएकाले भिडियो लिँदा अविश्वासको वातावरण सिर्जना हुन सक्छ । कतिपय अवस्थामा गोप्य भिडियो अरूलाई देखाउने भन्दै ब्ल्याक मेल हुने डर हुन्छ । भिडियो रेकर्ड गर्दा त्रासको अवस्था आउने भएकाले यौन सन्तुष्टिमा कमी आउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0